प्रमुख समाचार
Nov 10, 2019
बेनिघाट–रोराङको खानीखोलामा अबैध क्रसर सञ्चालन, स्थानीय प्रशासन मौन
रबिन थपलिया । काठमाण्डौं । कार्तिक २४ । धादिङको बेनिघाट–रोराङ गाँउपालीका २ ताल्ती स्थीत खानीखोलामा अबैध रुपमा क्रसर सञ्चालन गरिएको छ । 
चिनियाँ लगानीमा निर्माण भइरहेको ह्वासीङ सिमेन्टको फ्याक्ट्री नजिकै खानीखोलाको बगरमा दिनदहाडै जेनेरेटर चलाएर क्रसरले उत्पादन सुरु गरेको छ । यस अघि नदेखिएको क्रसर एकाएक मलेखुखोलामा सञ्चालन भएपछि स्थानीयबासीहरु चकित परेका छन् । खोलाको बगरमा अबैध रुपमा क्रसर सञ्चालन भएपछि स्थानीय निकाय र स्थानीय प्रशासनमा जानकारी गराँउदा समेत कुनै वास्ता नगरीएको उनिहरुको गुनासो रहेको छ । 
 

अबैध रुपमा क्रसर सञ्चालन भइरहंदा स्थानीय प्रशासन भने मौन रहेको छ । पटक पटक जानकारी गराँउदा समेत वास्ता नगरिंदा अबैध क्रसर सञ्चालनका लागि स्थानीय प्रशासनसंगको मिलेमतोमा रहेको अनुमान गरिएको छ । 
२०६६ सालमा नदि दोहन बढेर पर्याबरणमा असर पारेको भन्दै सरकारले क्रसर दर्ता र नविकरण बन्द गरेको छ । त्यस यता कुनै पनि नयाँ क्रसरले सञ्चालनको लागि अनुमती पाउने अवस्था छैन् । 
कस्ले सञ्चालन ग¥यो अबैध क्रसर ?
अबैध क्रसरबारेमा खोजी गर्ने क्रममा उक्त क्रसर ह्वासीङ सिमेन्ट कम्पनीको आधिकारीक प्रतिनिधि बताउने डिल्ली पोख्रेल सहित समिर अधिकारी, इश्वर रावल सहितको समुहको लगानीमा क्रसर सञ्चालन भएको पत्ता लागेको छ । बेनिघाट रोराङ गाँउपालीकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरी) सहित नेकपा धादिङका नेताहरुको संरक्षणमा अबैध क्रसर सञ्चालन गरिएको खुल्न आएको छ । अबैध क्रसरले गैरकानुनी रुपमा प्यान र अन्य कागजपत्रहरु समेत बनाएको बताइएको छ । अबैध क्रसरको बारेमा थप जानकारी सहित बिशेष रिपोर्ट चाँडैनै सार्वजनीक गर्ने छौं ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video