प्रमुख समाचार
Nov 09, 2019
कालापानी नेपालकै भूमि हो : मुख्यमन्त्री पौडेल
हेटौँडा,कात्तिक २३ ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतले आफ्नो नक्साभित्र समावेश गरेको भूमि कालापानी नेपालकै भूमि भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो ।” यसैबीच भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतमा देखाएको भन्दै विभिन्न सङ्घ संस्थाले हिजो हेटौँडामा विरोध कार्यक्रम आयोजना गरेका छन् । राष्ट्रिय जनसरोकार मञ्च मकवानपुर, नागरिक सरोकार समिति, मकवानपुर जागरण अभियान नेपाल, राष्ट्रिय कर्मचारी महासङ्घ प्रदेश ३, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रलगायतले विरोधजुलुस निकाल्नुका साथै विरोधसभा आयोजना गरेका थिए । भारतको उक्त कदमको यहाँका विद्यार्थीले पनि विरोध जनाएका छन् । अनेरास्ववियुले विरोध प्रदर्शन गरेको थियो । विद्यार्थीले ‘गो ब्याक इण्डिया’ नारा लगाउँदै नगरपरिक्रमा गरेका थिए । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video