नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह भन्छन “ नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो”  |  सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ  |  थकालीलाई ओशोले दिएको नाम ‘प्रभु’  |  गाउँका जमीनमा वनमाराः युवा शहर वा विदेश पलायन  |  स्वास्थ्य सेवा : दुर्गममा लाग्दैनन् चिकित्सकका आँखा  |  पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्ने : केन्द्रीय सदस्य कोइराला  |  साताको शेयर बजार : साढे आठ अर्बको कारोबार  |  विकट गाउँका बालबालिकाको पीडा : विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा  |  महोत्तरीमा क्रसर उद्योग बन्द गरिने  |  शान्ति र स्थायित्व बिना विकास सम्भव छैन : गृहमन्त्री थापा
राजनीति
Nov 08, 2019
उपनिर्वाचन २०७६ : राप्रपा (संयुक्त) र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
काठमाडौँ, कात्तिक  २२ आगामी मङ्सिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेशसभा ९क० को उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुईको उम्मेदवारी खारेज गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको छानबिनका क्रममा प्रदेश निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा भएकाले पनि उम्मेदवारी दिएको पाएपछि उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत जगतनारायण श्रेष्ठले जानकारी दिनुभयो । उम्मेदवारी खारेज हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० का उम्मेदवार रामशरण लामिछाने र आमूल परिवर्तन पार्टीका उम्मेदवार डिल्लीप्रसाद चौलागाईँ रहेका उहाँले जानकारी दिनुभयो । अघिल्लो निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा नाम भएकाले उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था रहेकाले उम्मेदवारी खारेज गरिएको उहाँको भनाइ थियो । दुईको उम्मेदवारी बदर भएपछि नौ दलका नौ र स्वतन्त्र १० गरी १९ को उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रम तालिकाअनुसार आज उम्मेदवारविरुद्ध दाबी उजुरी दिने, शनिबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ हुनुका साथै त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यस्तै यही कात्तिक २४ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिने, सोही दिन दिउँसो ३ः०० देखि ५ः०० बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । उम्मेदवारलाई कात्तिक २५ गते निर्वाचन चिह्न प्रदान गरिने छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video