नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह भन्छन “ नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो”  |  सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ  |  थकालीलाई ओशोले दिएको नाम ‘प्रभु’  |  गाउँका जमीनमा वनमाराः युवा शहर वा विदेश पलायन  |  स्वास्थ्य सेवा : दुर्गममा लाग्दैनन् चिकित्सकका आँखा  |  पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्ने : केन्द्रीय सदस्य कोइराला  |  साताको शेयर बजार : साढे आठ अर्बको कारोबार  |  विकट गाउँका बालबालिकाको पीडा : विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा  |  महोत्तरीमा क्रसर उद्योग बन्द गरिने  |  शान्ति र स्थायित्व बिना विकास सम्भव छैन : गृहमन्त्री थापा
प्रमुख समाचार
Nov 08, 2019
नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको आन्दोलन
काठमाडौँ, कात्तिक  २२ ।  लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध ¥याली गरेको छ । नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा आज गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थियो । एक सय ५० भन्दा बढी विद्यार्थीसहित मित्रपार्कबाट शुरु गरिएको विरोध ¥याली चाबहिल चोकलाई परिक्रमा गरी पशुपति क्याम्पसमा आएर कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै विद्यार्थी नेता राजकुमार तामाङले भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि अतिक्रमण भएकाले तत्काल उक्त नक्सा सच्चाउनुपर्ने माग राख्नुभयो । सरकारले कूटनीतिकरूपमा समस्याको समाधान गर्नुपर्ने विद्यार्थी नेता प्रेम शाहीले बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video