प्रमुख समाचार
Nov 07, 2019
उम्मेदवारको मनोनयनपूर्व ¥याली
पोखरा, कात्तिक २१  कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारको मनोनयनपूर्व दलहरुले पोखराका ठाउँठाउँबाट ¥याली निकालेका छन् । घोषित निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएकोमा त्यसको तयारीमा दल जुटेका हुन् । उम्मेदवारी दर्ता गर्न जानका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पोखराको शान्ति वनस्थित जिल्ला पार्टी कार्यालयबाट जुलुससहितको ¥याली निकालेको छ । त्यस्तै नेपाली काङ्ग्रेसले पोखरा सभागृहबाट सांस्कृतिक झाँकीसहित ¥याली निकालेको छ भने समाजवादी पार्टीको ¥याली पनि पोखरा सभागृहबाट शुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीचोकबाट ¥याली निकालेको छ । ¥यालीमा दलका केन्द्र एवं जिल्लास्तरका नेता सहभागी छन् । पोखरा महानगरपालिकाअन्तर्गत ११ वटा वडामा समेटिएको कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । निर्वाचनका लागि ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video