प्रमुख समाचार
Nov 05, 2019
महोत्तरीमा चार पदका लागि उपनिर्वाचन
जलेश्वर, कात्तिक  १९  आउँदो मङ्सिर १४ गते हुने उप निर्वाचनमा महोत्तरीमा चार पदका लागि उप निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पा झाका अनुसार उपनिर्वाचनमा जिल्लामा दुई नगरपालिका र एक गाउँपालिकाको चार पदका लागि उप निर्वाचन हुनेभएको छ । एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षको स्थान रिक्त रहेको छ । पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा नगरपालिकाको वडा नं– २ र ८ का वडाध्यक्षको मृत्यु भएकाले सो पदका लागि निर्वाचन हुनेछ । त्यस्तै मटिहानी नगरपालिका–६ का वडाध्यक्षको नाम लोकसेवामा सिफारिस भएपछि रिक्त स्थानमा निर्वाचन हुने झाले बताउनुभयो । सो उपनिर्वाचनमा २४ हजार ४९२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video