राजनीति
Nov 03, 2019
पार्टी सभापतिलाई बिवादमा ल्याउने काम कांग्रेसका लागि आत्मघाती कदम हो: शाह
 काठमाडौं कात्तिक १७ । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाली कांग्रेसका पार्टी सभापतिलाई बिवादमा ल्याउने काम नगर्न नेपाल विद्यार्थी संघका नेताहरूलाई आग्रह गरेका छन। आज रेडियो कान्तिपुर सँग कुराकानी गर्दै पुर्व उपाध्यक्ष शाहले पार्टी सभापतिलाई बिवादमा ल्याउने काम पार्टीको लागि आत्मघाती हुने पनि जिकिर गरे। शुक्रबार पार्टी मुख्यालयमा नेपाल विद्यार्थी संघका केही साथीहरूले पार्टी सभापतिलाई उत्तेजित बनाएर मिडियामा प्रस्तुत गरेको भन्दै त्यो कार्यको आम कांग्रेस जनले देशैभर बाट मुल्यांकन गरेको शाहको निष्कर्ष छ। नेपाल विद्यार्थी संघको ३२ बर्षे उमेर हदबन्दी आगामी महाधिवेशनबाट लागू हुने पनि पुर्व उपाध्यक्ष शाहले स्पष्ट पारे। नेपाल विद्यार्थी संघ भित्र३२ बर्षे उमेर हदबन्दी लगाउदा पहिला नोट अफ डिसेन्ट लेख्ने र अहिले ३२ बर्षे उमेर हदबन्दीनै चाहिन्छ भनेर आन्दोलन गर्ने आन्दोलनको कुनै औचित्य नभएको शाहको ठहर रहेको छ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video