आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा  |  विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान  |  अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै रिट निवेदन  |  उपनिर्वाचन २ ०७६ : नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै  |  संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह  |  आज मिति २०७६ कार्तिक २७ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत  |  कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ : काङ्ग्रेस  |  सोमबारको उत्साह टिकेन : नेप्से पुनः ओरालो  |  केसीद्वारा अनशन स्थगित
प्रमुख समाचार
Nov 03, 2019
दुर्घटना अपडेट : सुकुटे बस दुर्घटनामा मृत्यु हुने १३
मेलम्ची, कात्तिक १७   अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिनभयो । उहाँका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० बढी सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उहाँले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो । घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिनुभयो । घटनाको विस्तृृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video