प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो  |  तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद  |  आज मिति २०७६ फागुन १६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  चन्द्रागिरि साकोसले लियो एशियाली ऋण महासंघको सदस्यताः  |  धितोपत्र बजार : साढे चार अर्बको कारोवार  |  नेपाल प्रहरीका तिन डिआइजी एआइजीमा बढुवा सिफारीस, को को परे सिफारीसमा ?  |  फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पूर्णीमा पक्राउ  |  समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हो : उपराष्ट्रपति  |  बिपी प्रतिष्ठान तनावग्रस्त  |  माले महासचिब सिपि मैनाली दुर्घटनामा गम्भीर घाइते, सेनाको हेलीकप्टरबाट काठमाण्डौं ल्याँइदै
प्रमुख समाचार
Nov 01, 2019
सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत
कञ्चनपुर, कात्तिक १५ नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन । भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन् । एक देशमा अपराध गरी अर्को देशमा गएर लुक्ने अपराधीबारे सूचना आदानप्रदान गर्नेबारे समेत बैठकमा सहमती भएको महाकाली नगरपालिकाका कार्यक्रम अधिकृत भानुदेव भट्टले बताउनुभयो । बैठकमा नेपालका तर्फबाट महाकाली नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनार, उप प्रमुख चिनी गिरी, सुरक्षा निकायका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षाबलका सहायक डिपुटी कमाण्डर सुनिल सिंह रावत, नौजलिया एसएवि क्याम्पका इन्सपेक्टर सयन्त सरकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको आयोजना युएनडिपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रमको सहयोग तथा सञ्जीवनी नेपालले आयोजना गरेको हो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video