प्रमुख समाचार
Nov 01, 2019
वडा कार्यालयमा तोडफोड

धादिङ, कात्तिक  १५ 
।  नीलकण्ठ नगरपालिका–९ को कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ । तिहार बिदाको समयमा ज्यामिरेमा रहेको वडा कार्यालयमा तोडफोड गरी मेलमिलापसम्बन्धी फाइल चोरी भएको वडाध्यक्ष भोजराज रेग्मीले बताउनुभयो । हिजो वडा कार्यालय खोल्न जाँदा कार्यालय सहयोगीले कार्यालय फोरिएको सूचना दिएपछि मात्र चोरी भएको बारे थाहा पाएको वडाध्यक्ष रेग्मीले बताउनुभयो । अज्ञात समूहले कार्यालयको मुख्य ढोकासहित पाँच ढोका, स्टिल दराज र वडाध्यक्षको कार्यकक्षको टेबुलको घर्रा तोडफोड गरेको छ । चाडपर्वमा मादक पदार्थ सेवन गर्नेहरुले कार्यालय तोडफोड गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video