राजनीति
Oct 31, 2019
साझा पार्टीले तोक्यो उम्मेदवार
भक्तपुर, कात्तिक १४  ।  आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ (क) बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि साझा पार्टीले पार्टीका भक्तपुर जिल्ला संयोजक प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिनुभयो । गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्काघातका कारण निधन भएपछि उक्त स्थान रिक्त रहेको थियो । नेपाली काङ्ग्रेस भक्तपुरले सहमति जुटाउन नसकेपछि १० जनाको नाम सिफारिस गरेको छ भने नेकपामा आकाङ्क्षी १६ जना भएपछि सहमति जुटाउन आज पनि बैठक जारी छ । अन्य दल पनि उम्मेदवार छनोटका लागि आन्तरिक छलफलमा जुटेका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video