प्रमुख समाचार
Oct 30, 2019
प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणमा
काठमाडौँ, कात्तिक १३ ।  प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्यपरीक्षणका लागि आज बिहान धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल जानुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भीर समस्या नरहेको र परीक्षणपछि सम्भवतः आजै निवास फर्कने उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गाैलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गरी स्वदेश फर्कनुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video