राजनीति
Oct 25, 2019
‘देशमा कानूनी शासनको प्रत्याभूति’
अछाम, कात्तिक ८  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठनले मङ्गलसैनमा गरेको पत्रकार सम्मेलनमा उहाँले पछिल्लो समय उच्चपदस्द व्यक्ति धमाधम पक्राउ परिरहेको कुराप्रति इङ्गित गर्दै वर्तमान सरकारले आपराधिक घटना न्यूनीकरणमा प्रभावकारी र कडाइका साथ कदम चालिरहेको बताउनुभयो । स्थिर सरकारका कारण देशमा कानूनी शासनको प्रत्याभूति भइरहेको उहाँको भनाइ छ । रौतहटको घटना नेपालको कानून र अन्तरराष्ट्रिय कानूनविपरीतको जघन्य अपराध भएकाले यसमा संलग्नलाई छुट दिन नहुने उहाँको तर्क छ । नेता रावलले पार्टीका बैठक नियमित हुनुपर्ने र सरकारको कामको पनि समीक्षा गर्नुपर्ने बेला भएको बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video