समाज
Oct 23, 2019
सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए

विनिता कार्की, थाइल्यान्ड । शान्ति र दिगो विकासमा अतुलनीय योगदान गरेको भन्दै सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाएका छन । यही सेप्टेम्बर ८ देखि ११ सम्म थाइल्यान्डको बैंककमा आयोजना भएको global citizen summit 2019 कार्यक्रममा पुरस्कृत भएका हुन । थाइल्याण्डमा आयोजित Global citizen summit, 8th- 11th September मा पौडेललेले शान्ति र दिगो विकासमा अतुलनीय योगदान दिएको भन्दै अन्तर्राष्ट्रिय युवा समाज र ओएस फाउण्डेशनले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष समेत रहेका  पौडेल पछिल्लो समयमा शान्ति र बुद्ध विश्व यात्रामा २१ देशमा पुगिसकेका छन । यस अघि कम्बोडिया लगायत ५ देशमा शान्ति पुरस्कार पाइसकेका छन । नेपालमा पौडेल अपाङ्गता सेलिब्रेटीको रूपमा चर्चित छन ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video