वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने  |  नेपालमा पाँचहजारलाई कोरोना सक्रमण हुन सक्ने सरकारी अनुमान, सङ्क्रमितलाई पुग्ने स्वास्थ्य सामग्रीको व्यवस्था  |  थप सात जना सङ्क्रमित थपिए, २५ जना घर फिर्ता  |  शिक्षण अस्पतालमा पनि पिसिआर प्रयोगशाला  |  विद्युत् महसुल सङ्कलन गर्ने नगर्ने भन्नेमै विवाद  |  रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध  |  दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै  |  प्रधानमन्त्री ओलीले लिनुभएको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक : मुख्यमन्त्री पौडेल  |  मदिरा र सुर्तीमा कर बढाउनुस् : समिति  |  महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला
समाज
Oct 22, 2019
सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको अभियोगमा मुद्दा
काठमाडौँ, कात्तिक ५ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षाभत्ता र स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग गरेको अभियोगमा रौतहटका एक सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका ८ का वडा सचिव कदिरबाबु देवानले सामाजिक सुरक्षाभत्ता तथा विकास निर्माणका लागि प्राप्त भएको रु १२ लाख ५६ हजार २७५ बराबरको सम्पत्ति दुरुपयोग गरेको पाइएको छ । आयोगले बिगो असुल गरी कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले प्रदेश नं २ को मुख्यमन्त्रीको कार्यालय जनकपुरमा कार्यरत सहायक पाँचौँ मनोजकुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार झा साविक हथियाथी गाविसको सचिव रहँदा चालू ताथ पूँजीगत खर्च आफूखुशी गरी सरकारी स्रोतको दुरुपयोग गरेको आरोप लागेको छ । आयोगले झाविरुद्ध रु तीन लाख ५९ हजार १३८ बराबरको सरकारी कोष दुरुपयोग गरेको आरोप लगाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video