समाज
Oct 15, 2019
एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ
काठमाण्डौं । असोज २८ । त्रिभुबन बिमानस्थलमा तोडफोड गर्ने एक गैरआवासीय नेपाली पक्राउ परेका छन् ।
एनआरएनएको सम्मेलनमा सहभागी हुन काठमाडौं आएका नेपाली मुलका अष्ट्रेलियन नागरिक रमेशकुमार थापाले बिमानस्थलमा तोडफोड गरेका हुन् । ड्रागन एयरबाट हिजो राती ११ः५० बजे त्रिभुबन बिमानस्थल उत्रिएका थापाले बिमानस्थलको अध्यागमन कार्यालयमा खटिएका कर्मचारीहरुलाई दुव्यवहार गदै अध्यागमन डेक्सको सिसा समेत फुटाएका थिए । 
बिमानस्थलमा अभद्र व्यवहार गर्ने गैरआवासीय नेपाली थापालाई अध्यागमनले हिजो रातीनै प्रहरीको जिम्मा लगाएको प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेलले जानकारी दिए । 
उनका अनुसार गैरआवासीय नेपालीबाट पटक पटक दुर्व्यवहार हुने गरेको छ । थापामाथि प्रहरीले आवश्यक कारवाही अघि बढाएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video