प्रमुख समाचार
Oct 15, 2019
गैरआवासीय नेपाली संघको विश्व सम्मेलन तथा महाधिवेशन आज देखि सुरु हुंदै, राष्ट्रपतिले उदघाटन गर्ने
रबिन थपलिया । काठमाण्डौं । असोज २८ । गैर आवासीय नेपालीहरुको नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशन आज देखि काठमाण्डौंमा सुरु हुंदै छ । 
असोज २८ गते देखी ३० गते सम्म अर्थात १५–१७ अक्टोवर २०१९ मा गरिने उक्त सम्मेलनकाक लागि विश्व भरका २५ सय बढी प्रतिनिधिहरु काठमाण्डौं आइपुगेका छन् ।
“म, मेरो एनआरएनए, र मेरो नेपाल” भन्ने मुल नाराको साथ सुरु हुन गइरहेको एनआरएनएको महाधिवेशन तथा विश्व सम्मेलनको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । काठमाण्डौंको हायात होटलमा बिहान ९ बजे हुने उक्त सम्मेलनको उदघाटनमा नेपाल सरकारका मन्त्रीहरु, विभिन्न राजनैतिक दल एवं नागरिक समाजको उच्चस्तरीय सहभागीता रहने छ ।
यही विश्व सम्मेलनकै समयमा संघको अन्तराष्ट्रिय महाधिवेशन सम्पन्न हुने छ । उक्त महाधिवेशनमा संघको विधान अन्तराष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन लगायत संघ संग सम्बन्धित विविध विषयहरुमा छलफल भई भावी कार्यनीतिको तर्जुमा गरिनेछ । 
गैर आवासीय नेपाली संघको यस पटक महाधिवेशन हुने भएकाले दुई बर्षका लागि नयाँ कार्यसमिति समेत चयन हुने छ । नयाँ कार्यकालका लागि संघका उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यको समुह चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् । 
यता वर्तमान अध्यक्ष भबन भट्टले उम्मेद्धवारी नदिने बताईएपनि हिजो सञ्चारकर्मीहरुसंगको कुराकानीमा उम्मेद्धवारी दिने समय अझै रहेको भन्दै सोचेर उपयुक्त निर्णय लिने प्रतिकृया दिए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video