राजनीति
Oct 13, 2019
काँग्रेस संसद निवासबाटै पक्राउ
काठमाण्डौं । नेपाली काँग्रेसका संसद मोहम्मद अफताव आलमलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । 
रौतहट २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचीत संसद आलमलाई रौतहटस्थित उनकै निवासबाट आइतबार बिहान प्रहरीले गिरफ्तार गरेको हो ।
२०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ । पाँचमध्ये दुई जनाको परिवारले त्यहीबेला आलमविरूद्ध जाहेरी दिएका थिए। 
सोही पुरानो जाहेरीको आधारमा आलम पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले  जानकारी दिए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video