प्रमुख समाचार
Oct 13, 2019
चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ
काठमाण्डौं । असोज २६ । दुई दिने नेपाल भ्रमणकालागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ आज स्वदेश र्फकंदै छन् । आज दिँउसो १ बजे बिशेष बिमानद्धारा सि स्वदेश र्फकने कार्यक्रम रहेको छ । 
दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले 
शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् । सीले आइतबार विहानै देखि भेटवार्तालाई निरन्तरता दिने भएका छन् । सी ले आज बिहान १०ः३० बजे नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा भेटवार्ता गर्ने तय भएको छ । नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले वान–अन–वान भेटवार्ता गर्ने बताइएको छ ।नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ । द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने सेड्युल छ ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video