एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय  |  विप्वल समूहका इञ्चार्ज पक्राउ  |  भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि  |  दुग्ध बिकास संस्थानद्धारा ठुलो संख्यामा कर्मचारी माग, यसरी गर्नुहोस आवेदन (विज्ञापन सहित)
प्रमुख समाचार
Oct 12, 2019
चिनिया राष्ट्रपतिको नेपालमा भव्य स्वागत, २३ बर्ष अघि स्व राजा बिरेन्द्रको निमन्त्रणामा आएका थिए तात्कालीन राष्ट्रपति जियाङ जे मिन
काठमाण्डौं । असोज २५ । नेपाल भ्रमणका लागि आज साँझ काठमाण्डौं आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङको भव्य स्वागत गरिएको छ । दुई दिने राजकीय भ्रमणमा शनिबार काठमाडौं अवतरण गरेका राष्ट्रपति सी भारतको चेन्नईबाट एयर चाइनाको विशेष विमानबाट काठमाडौं आइपुगेका हुन् । उनी यसअघि भारतको अनौपचारिक भ्रमणमा थिए। राष्ट्रपति सीलाई नेपालको तर्फबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो। सीको स्वागतका लागि विमानस्थल पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी विमानसम्मै पुगेकी थिइन्। राष्ट्रपति सीलाई विमानस्थलमा पञ्चकन्याले फूलका माला दिएर स्वागत गरेका थिए। राष्ट्रपति सीलाई विमानस्थलमा नै नेपाली सेनाले २१तोपको सलामी र सम्मानगारत अर्पण गरेको थियो भने सो अवसरमा दुवै देशको राष्ट्रिय धुन पनि बजाइएको थियो। 
सम्मानगारत पछि राष्ट्रपति सीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए। राष्ट्रपति सीको स्वागतका लागि विमानस्थलमा नै नेपालका विभिन्न जातजाति, समुदायको संस्कृति झल्किने झाँकी पनि प्रस्तुत गरिएको थियो। राष्ट्रपति सी अन्तराष्ट्रिय विमानस्थलबाट सिधै सोल्टी होटलतर्फ गएका थिए। राष्ट्रपति सीको स्वागतका लागि राजधानीका सडकलाई विशेष रूपमा सजाइएको थियो। विशेष गरेर त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्मको सडक विशेष रूपमा सजाइएको हो। सीको स्वागतमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडस्थित होटल सोल्टीसम्मको सडकखण्डका विभिन्न स्थानमा बाजागाजासहित विभिन्न जातजातीको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर लगायतका चोकचोकमा बाजागाजासहित र राष्ट्रपति सीलाई भव्य स्वागत गरिएको छ। विमानस्थलबाट होटल सम्म जाने सडकका छेउ छेउमा रहेका विद्युतका पोलहरूमा दुवै देशका राष्ट्रपतिको तस्वीर राखिएको छ। त्यसैगरी ठाउँ ठाउँमा स्वागतद्वारहरू  बनाउनुको साथै गमलामा फुलहरू सजाइएको छ।
उत्तरी छिमेकी चीनबाट २३ वर्षपछि शीर्ष तहको नेपाल भ्रमण भएको छ । नेपालको लामो प्रतिक्षापछि चीनबाट राष्ट्रपतिको भ्रमण शनिबारबाट शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भएको यो भ्रमण चीनीयाँ राष्ट्राध्यक्षका हैसियतमा गरिएको दोश्रो भ्रमण हो । यसअघि राजा वीरेन्द्रको निम्तोमा तत्कालिन राष्ट्रपति जियाङ जे मिनले नेपाल भ्रमण गरेका थिए ।
Image may contain: 1 person, smiling
cv
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video