समाज
Oct 11, 2019
रक्सीको मातमा श्रीमती र छोरीको गोली हानी हत्या, छोरालाई समेत खुकुरी प्रहार
काठमाण्डौं । असोज २४ । दशैं मनाउने बहानामा रक्सीको उन्मादले एक व्यक्तिले आफना श्रीमती र छोरीको गोली प्रहार गरी हत्या गरेका छन भने छोरा माथी समेत खुकुरी प्रहार गरी घाइते बनाएका छन् । 
बिहिबार राती ११ बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ नाकाजोलीमा मापसे गरेर आएका टंक बहादुर मश्रांगीले आफ्नै श्रीमति र छोरीको हत्या गरेका हुन् ।
श्रीमती किरण मश्रांगीसँग घरायसी बिषयमा सामान्य बादबिवाद भएपछि टंक बहादुरले भरुवा बन्दुकले हानेर श्रीमती र छोरी प्रेमसु मश्रांगीको हत्या गरेको बताइएको छ । बन्दुकको छर्राले श्रीमतीको घाटीमा र छोरी प्रेमसु मश्रांगीको कनचटमा लागेर मृत्यु भएको जिल्ला प्रहरी सिन्धुलीले जानकारी दिएको छ । श्रीमति र छोरीको हत्या गरेपछि उनले छोरा कृष्ण मश्रांगीलाई खुकुरी प्रहार गरेका थिए । मश्रांगीको धारिलो खुकुरी प्रहारबाट बाया हातमा चोट लागेको छ । । उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । परिवारको सदस्यको हत्यामा संलग्न रहेका टंकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video