समाज
Oct 04, 2019
दाह्री ग्याङद्धारा बसन्तपुरमा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना
काठमाण्डौं । असोज १७ । दाह्री पाल्ने युवाहरुको समुह दाह्री ग्याङद्धारा आज मिति २०७६ असोज १७ गते शुक्रवारको दिन दारी ग्याङ - काठमाडौंले बडादशैं, तिहार तथा छठपर्व २०७६ को अवसरमा आपसी भाइचारा तथा सामाजिक सद्भावलाई प्रभावकारी बनाउने हेतुले काठमाडौंको वसन्तपुरमा शुभकामना आदानप्रदानका साथै चियापान कार्यक्रमको आयोजना गरियो । दारी ग्याङका सक्रिय सदस्य बाबु सुरेश डि.सि.को जन्मोत्सवको अवसरमा शुभकामना लगायत उपस्थित दारी ग्याङका सदस्यहरुलाई प्रचलनमा हराउँदै गएको Greeting Card द्वारा शुभकामना आदानप्रदान गरियो । 
विशेषगरी,चाडबाडमा हुने विसङतीलाई रोक्नको लागि मादक पदार्थसेवन गरेर गाडी नचलाउने,अनावश्यक रुपमा भड्किलो तबरले खर्च नगर्ने,जुवा तासमा सम्पत्ति खर्च नगर्ने र एकअर्काको साँस्कृतिक मुल्य मान्यतालाई सम्मान गर्दै यसपालीको बडादशैं,तिहार तथा छठपर्व २०७६ लाई हर्ष उल्लासमय रुपमा मनाउने प्रतिबद्धता गर्दै,सामाजिक संदेश प्रवाह गरिएको छ ! यसका साथै,Kathmandu Engineering College मा Electronics & IT मा अध्यनरत विद्यार्थीहरु यही असोज १८ गते शनिबारका दिन India को तामिलाडुमा अवस्थित Vellore Institute of Technology (VIT) र Indoor लखनउमा हुन गइरहेको robotics प्रतियोगितामा सहभागिता जनाउन लागेको हुनाले दारी ग्याङबाट सुभ यात्राको कामना सहित शुभकामना प्रदान गरि कार्यक्रम समाप्न गरियो !


cv
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video