बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
समाज
Oct 01, 2019
ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार
काठमाडौँ, असोज १४ राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले गए राति ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट २८ जना बालिकासहित ५४ जनालाई उद्धार गरिएको हो । उद्धार गरिएको सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । उनीहरुलाई मनोपरामर्श दिई अभिभावकसमक्ष जिम्मा लगाइने परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । गत साउनदेखि परिषद्ले नियमित रुपमा विभिन्न कारणले सडकमा अलपत्र अवस्थामा रहेका बालबालिकाको उद्धार गर्दै आएको छ । साउनदेखि हालसम्म परिषद्ले २०० बालबालिकाको उद्धार गरिसकेको जनाएको छ । उद्धार गरिएका बालबालिका तीनदेखि १८ वर्ष उमेर समूहका छन् । त्यसैगरी परिषद्ले यही असोज १० गते काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सञ्चालित ‘सामाजिक तथा मानवीय सरोकार केन्द्र’ नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखिएका नौ बालक र दुई बालिका गरी कुल ११ जनाको पनि उद्धार गरेको थियो । सरोकार केन्द्रबाट उद्धार गरिएका सबै बालबालिका मुगु जिल्लाका रहेका छन् । उक्त संस्थाले आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्था विपरीत उचित खानपान, आवास र संरक्षणको प्रबन्ध नगरीे संस्थामा बालबालिका राखेको पाइएकाले उनीहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video