बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
समाज
Oct 01, 2019
स्वयंसेवी युवाको तथ्याङ्क सङ्कलन गरिँदै
काठमाडौँ, असोज १४ सरकारले युवालाई स्वयंसेवक क्षेत्रमा परिचालन गर्नका लागि युवाको तथ्याङ्क सङ्कलन गर्ने तयारीमा रहेको छ । मुलुकको विभिन्न क्षेत्रमा युवालाई स्वयंसेवी भावनाबाट परिचालन गर्नका लागि युवा तथा खेलकूद मन्त्रालयले तथ्याङ्क सङ्कलन गर्न थालेको हो । युवालाई स्वयंसेवा गर्दा ‘सुविधा लिएर वा नलिएर’ दुवै किसिमबाट परिचालन गर्र्ने योजना रहेको मन्त्रालयका युवा परिचालन तथा परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो । युवाको तथ्याङ्क सङ्कलनका लागि सफ्टवेयर बनाउने जिम्मा मन्त्रालयले पुल्चोक इञ्जिनीरिङ क्याम्पसलाई दिएको छ । स्वास्थ्य क्षेत्र र कृषि प्राविधिकमा अहिले सरकारले स्वयंसेवी परिचालन गरेको छ । सरकारले तथ्याङ्क सङ्कलन गर्ने भएपछि अब स्वयंसेवा गर्न चाहने व्यक्तिलाई खोजिरहनु पर्ने झन्झट हट्ने छ । तथ्याङ्क विवरण सकेपछि ‘स्वयंसेवक परिचालन राष्ट्रिय रणनीति’ सबै क्षेत्रमा युवालाई स्वयंसेवीमा लगाउने मन्त्रालयको तयारी रहेको छ । उहाँका अनुसार विकास निर्माण, इञ्जिनीयरिङ, शिक्षण, पूर्वाधार, आपत्कालीन, वातावरण संरक्षण, सरसफाइ, वृक्षरोपण, ट्राफिक व्यवस्थापन, सामाजिक विकृति विसङ्गतिको सचेतना जगाउनेजस्ता क्षेत्रमा परिचालन गर्नका लागि स्वयंसेवीको तथ्याङ्क लिन थालिएको हो । क्याम्पसले तयार पारेको सफ्टवेयरमा स्वयंसेवा गर्न इच्छुक युवाले आफ्नो व्यक्तिगत विवरण स्क्यान गरेर राख्ने छन्् । व्यक्तिगत विवरणमा तीन पुस्ते नाम, शैक्षिक योग्यता, सम्पर्क नम्बर र आफूले स्वयंसेवा गर्न इच्छुक रहेको क्षेत्रको जानकारीसहितको विवरण बेवसाइटमा राख्ने छन् । यसरी राखिएको व्यक्तिगत विवरणको आधारमा सरकार वा अन्य संस्थाले युवालाई सम्पर्क गरी स्वयंसेवामा लगाउने छन् । “सरकार वा अन्य संस्थाले सफ्टवेयरमा रहेको स्वयंसेवा गर्न इच्छुक युवाको तथ्याङ्क हेरेर आफूलाई आवश्यक युवालाई छनोट गरेर बोलाउने छन्” उहाँले भन्नुभयो, “यसरी स्वयंसेवा गर्न चाहने र लिने चाहनेले सफ्टवेयरको डाटावेसमा भेट भएर स्वयंसेवी क्षेत्रमा काम गर्ने छन् ।” परामर्श शाखाका प्रमुख बस्यालले बेवसाइटमा नाम दर्ता गराएका युवालाई मन्त्रालयले प्रमाणपत्रसमेत प्रदान गर्ने बताउनुभयो । स्वयंसेवाका लागि बेवसाइटमा दर्ता भएका युवाले प्रमाणपत्रका लागि मन्त्रालयमा निवेदन हालेपछि मन्त्रालयले सबै व्यक्तिगत विवरण हेरेर प्रमाणपत्र दिनेछ । मन्त्रालयले प्रमाणपत्र बेवसाइटमा राखी दिने छ र स्वयंसेवी युवाले ती प्रमाणपत्र आफँै प्रिन्ट गरेर लिन सक्ने छन् । उहाँले तिहारपछि ती स्वयंसेवा गर्ने इच्छुक युवाको तथ्याङ्क सङ्कलन गरिने बताउनुभयो । मन्त्रालयले सबै स्वयंसेवी युवाको तथ्याङ्क सङ्कलन यसै वर्ष सक्ने तयारी गरेको छ । यसैगरी मन्त्रालयले हरेक टोल सरसफाइ गर्नका लागि महीनाको अन्तिम शनिबार अनिवार्य रुपमा युवा परिचालन गर्न योजना बनाएको छ । उपसचिवसमेत रहनुभएका बस्यालले स्थानीय तहलाई परिपत्र गरी सरसफाइमा सबै युवालाई स्वयंसेवी रुपमा खटाउन निर्देशन दिने जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video