बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
राजनीति
Sep 27, 2019
पार्टी बलियो हुन भ्रातृ सङ्गठन मजबुत हुनुपर्छ : कोइराला
चौतारा, असोज १० नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीमा गुट उपगुट रहेसम्म पार्टी झनझन कमजोर हुँदै जाने बताउनुभएको छ । उहाँले पार्टी नेतृत्वले गुट उपगुट हटाउन पहल गर्नुपर्ने बताउनुभयो । प्रजातन्त्र सेनानी सङ्घ सिन्धुपाल्चोकद्वारा हिजो चौतारामा आयोजीत कार्यक्रममा नेता कोइरालाले पार्टी बलियो हुन भातृ सङ्गठन मजबुत हुनुपर्ने बताउनुभयो । वर्तमान सरकारले प्रतिपक्षसँगको गहन छलफलबिना मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा तथा गुठीसम्बन्धी विवादास्पद विधेयक ल्याउन नहुने उहाँको भनाइ थियो । काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले देशलाई कमजोर अवस्थामा पु¥याएको आरोप लगाउनुभयो । प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष टङ्क कँडेलले प्रजातन्त्र रक्षाका लागि काङ्ग्रेस क्रियाशील भएर लागेको बताउनुभयो । कार्यक्रममा २००७ सालदेखि २०४६ सम्मको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ७० प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video