बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
समाज
Sep 25, 2019
आलेख ः लैङ्गिक हिंसाका उजूरीकर्ता महिला, पीडित पुरुष !
– उमा के. सी. रोल्पा,
  असोज गत
८    भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजूरी आयो । उजुरी थियो – ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ ।’ रोल्पा नगरपालिका–६ रिमसकका भानवहादुर विकले यस्तो उजूरी दिनुभएको हो । महिला तथा बालबालिकाको मात्रै उजूरी हेर्दैआएको महिला सेल अचम्ममा प¥यो । उजूरी दर्ता गर्ने कि नगर्ने ? उजूरी दर्ता गरौं महिला तथा बालबालिकाको हैन । दर्ता नगरौं लैङ्गिक हिंसामा पर्ने पीडितको उजूरी छ । अन्ततः सेलले उक्त उजूरी दर्ता ग¥यो । उजूरी बमोजिम दुबै पक्ष झिकाई छलफल चलायो । छलफल गहिराइमा पुग्दै जाँदा भानवहादुरले विदेशबाट दुःख गरेर पठाएको पैसा श्रीमतीले दुरुपयोग गरेको र परपुरुषसँग सम्बन्ध राखेको निष्कर्ष निकालियो । उक्त उजूरीको छिनोफानो जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलले गर्न नसक्ने भएपछि जिल्ला अदातल पठाइएको थियो । रोल्पामा लैङ्गिक हिंसाको यो एक प्रतिनिधि घटना मात्रै हो । आम रुपमा महिलामाथि पुरुषले गर्ने हिंसाको रुपमा लैङ्गिक हिंसालाई चित्रण गरिए पनि पछिल्ला दिन यो मान्यता नै उल्टिन पुगेको छ । यहाँ आउने लैङ्गिक हिंसाको उजूरीमध्ये अधिकाँश पुरुष हिंसामा पर्ने गरेको देखिएको छ । “पारिवारिक विवाद पछि महिलाहरु न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा पुग्छन्, घटनाको अनुसन्धान हुँदै जाँदा तिनै महिला नै पीडक देखिने गरेका छन्,” जिप्रका रोल्पाको महिला तथा बालबालिका सेल इञ्चार्ज मीना विकले भन्नुभयो – “एकाध घटना बाहेक हिंसा पीडित भए पनि पुरुष उजूरी गर्न आउँदैनन् । पारिवारिक झगडा भए पछि महिला भने प्रहरीमा आइहाल्छन् । बुझ्दै जाँदा महिला नै पीडक भएका घटना धेरै देखिएका छन् ।” जिप्रका महिला तथा बालबालिका सेवा केन्द्रको अभिलेखअनुसार जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा लैङ्गिक हिंसाका ४४ वटा उजूरी परेका थिए । त्यसरी परेका उजूरी सबै मिलापत्रमा टुङ्ग्याइए । आव २०७३÷७४ मा ३६ वटा लैङ्गिक हिंसाका उजूरी परेका थिए । आव २०७४÷७५ मा यो सङ्ख्या ११ मा झ¥यो भने आव २०७५÷७६ मा लैङ्गिक हिंसाका २२ उजूरी परे । बितेको चार वर्षमा जिप्रका रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा लैङ्गिक हिंसाका ११३ वटा उजूरी परेको अभिलेखिकरण गरिएको छ । यी सबै महिला पीडित भएर दिएका उजूरी हुन् । खान लाउन नदिएको, कुटपिट गरेको, विदेशबाट पैसा नपठाएको जस्ता आरोप लगाएर लेखिएका यस्ता उजूरीको सत्यतथ्य पत्ता लगाउँदै जाँदा उल्टै पुरुष पीडित हुने गरेको देखियो,” सेल इञ्चार्ज विकले भन्नुभयो । उहाँका अनुसार पछिल्लो पटक पुरुष पीडित रहेका घटना बढ्दै गएको छ । सामाजिक सञ्जाल र टेलिफोनको दुरुपयोग यस प्रवृत्तिको कारक मान्नुहुन्छ जिप्रका रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रवहादुर गुरुङ । “अज्ञात र अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमार्फत जोडेको सम्बन्धले महिलाहरु श्रीमान्सँग टाढिँदै जाने गरेको देखिएको छ,” गुरुङले भन्नुभयो । उहाँका अनुसार जिल्लावासी अत्यधिक मात्रामा वैदेशिक रोजगारी गएका कारण पनि यो समस्या आएको हुनसक्छ । “सामाजिक र पारिवारिक विग्रहको कारक बन्दै गएको सामाजिक सञ्जालले पुरुषलाई समेत हिंसा पीडित बनायो,” प्रनाउ गुरुङले भन्नुभयो । हिंसा पीडित भए पनि पुरुष हत्पत न्याय माग्न जाँदैनन् । महिला नै हिंसा पीडित भए भने उजूरी गर्न आउने गरेको गुरुङको अनुभव छ । महिला अधिकारकर्मी श्रीकुमारी रोका भने पुरुष हिंसा बढ्नुमा पुरुष नै दोषी रहेको देख्नुहुन्छ । “घरमा श्रीमान् नभएकाहरुलाई सहयोग गर्ने नाममा पुरुषहरुले अनैतिक सम्बन्ध गाँस्ने गरेको देखिन्छ,” रोकाले भन्नुभयो – “सामान्य सहयोगबाट शुरु भएको सम्बन्ध प्रगाढ बन्दै जाँदा छुट्टिनै नसक्ने अवस्थामा पुगेर परिवारै तहसनहस हुने गरेको छ ।” अधिकाँश महिला श्रीमान्को सहयोगमा नै सामाजिक सञ्जाल प्रयोग गर्न सिक्छन् । “विदेशमा रहेका श्रीमान्सँग टेलिफोनमा कुराकानी गर्दा धेरै पैसा खर्च पर्ने भएपछि पुरुषले नै सामाजिक सञ्जाल प्रयोग गर्न प्रोत्साहित गर्छन्,” रोकाले भन्नुभयो – “श्रीमान्सँग कुराकानी गर्न खोलिएका सामाजिक सञ्जाल विस्तारै परपुरुषसँग सम्बन्ध स्थापित गर्ने माध्यम बन्दै जाँदा यस्तो समस्या निम्तिएको हो ।” जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेखमा जिल्लाका करीब ४९ हजार युवा रोजगारीको सिलसिलामा कतार, साउदी अरब, दुबई जस्ता खाडी मुलुक, मलेसिया तथा अन्य देशमा गएको देखिन्छ । विवाहित पुरुषको अनुपस्थितिमा धेरैको परिवार नै विखण्डनको चपेटामा परेको देख्न सकिन्छ । वैदेशिक रोजगारीबाट भित्रिएको विप्रेषणको सही व्यवस्थापन गर्नुको साटो दुरुपयोग हुने क्रम बढेपछि यस्ता समस्या देखिएको जानकारहरु बताउँछन् । विप्रेषण स्वरुप आएको पैसाको आडमा गरिने बसाइसराइले समेत पारिवारिक विखण्डनलाई बल मिलेको घटनाहरु देखिन थालेका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video