शिवपुरी यातायातद्धारा चाडबाडमा यात्रुको सहजताका लागि नयाँ गाडीहरु थप
काठमाण्डौं । असोज ६ । शिवपुरी यातायातले चाडबाडमा यात्रुहरुको सहजताको लागि नयाँ गाडीहरु थप गरेको छ ।
काठमाण्डौंको सामाखुसीबाट टोखा हुंदै नुवाकोटका विभिन्न गाँउहरुमा सेवा दिईरहेको शिवपुरी यातायातले दशैं र तिहार जस्ता चाडवाडमा यात्रुहरुलाई सहज आवागमनको लागि पाँचवटा नयाँ गाडी थप गरिएको समितिका अध्यक्ष प्रह्लाद थापाले जानकारी दिए । झण्डै ४० लाख पर्ने पाँचवडा सुविधा सम्पन्न गाडीहरु थप गरिएको थापाको भनाई छ ।

चाडबाडमा नुवाकोट जाने तथा आउने यात्रुबाहक सवारीसाधनहरु कम हुंदा सर्वसाधारणहरु बैकल्पीक सवारी साधन प्रयोग गरेर जान बाध्य हुने गरेका छन् । शिवपुरी यातायातले थप गरेका उक्त गाडीहरुले दशैं तिहारमा अवागमनगर्ने सर्वसाधारणहरुलाई सहज हुने विश्वास लिईएको छ ।
बर्षाको समयमा मानीस हिडन समेत निकै कठिन हुने छहरे टोखा सडकमा जोखीम मोलेरै भएपनि शिवपुरी यातायातले सेवा दिईरहेको छ ।


df