बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
समाज
Sep 22, 2019
बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय
रबिन थपलिया । काठमाण्डौं । असोज ५ । तारकेश्वर नगरपालीका ९ स्थीत बासुकीनाग टोल सुधार समितिको सातौं साधारण सभा सम्पन्न भएको छ । 
समितिको शनिबार भएको साधारणसभाले हरी पाठक नेतृत्वको पुरानै कार्य समितिलाईनै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको छ । पाठक नेतृत्वको कार्यसमितिले बिगत दुई बर्षमा झण्डै दुई करोडको सामाजीक कामहरु गरेर २५ लाख ५० हजार रुपयाँ बचत समेत गरेको छ । तारकेश्वर नगरपालीका भित्रकै नमुना टोल सुधार समितिको रुपमा रहेको बासुकीनाग टोल सुधार समितिको साधारण सभामा काठमाण्डौं क्षेत्र नं ६ ख का प्रदेश सभा सदस्य योगेन्द्र संग्रौला, तारकेश्वर नगरपालीकाका मेयर रामेश्वर बोहरा, तारकेश्वर नगरपालीका ९ र १० का वडा अध्यक्ष क्रमश बलराम सिटौला र अमृत थापा तथा मनोहर तिर्थ देखि फुटुङ सम्म छुने तारकेश्वर नगरपालीकाका वडा नं ७,९ र १० वडामा कार्यरत उपभोक्ता समितिहरुको साझा संस्था इन्द्रायणी साङलेखोला संयुक्त उपभोक्ता समिति अन्तरगतका १३ टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थीति रहेको थियो । 
Image may contain: 5 people, people standing
बासुकीनाग टोल सुधार समितिको सातौं साधारण सभा कार्यक्रममा काठमाण्डौं क्षेत्र नं ६ ख का प्रदेश सभा सदस्य योगेन्द्र संग्रौलाले उपभोक्ताहरुको हक हितमा बासुकीनाग टोल सुधार समितिले गरेका कामहरुको प्रशंसा गदै जनताको हितमा मिलेर काम गर्न तयार रहेको बताउनुभयो । 
Image may contain: 12 people, including Harisharan Pathak, people smiling, people sitting
तारकेश्वर नगरपालीकाका मेयर रामेश्वर बोहराले बासुकीनाग टोल सुधार समितिका गतिविधिहरुलाई लामो समय देखि आफुले पनि नियालेर हेरीरहेको बताँउदै वडाको बिकासमा समितिसंग मिलेर काम गर्न नगरपालीका तयार रहेको बताउनुभयो । 
कार्यक्रममा तारकेश्वर ९ का वडाअध्यक्ष बलराम सिटौलाले मनमैजु मन्दीर देखि मुनि देखी बाँसुकीनाग सम्मको भागलाई नमुना बस्ती बनाउन लागीरहेको बताँउदै त्यसका निम्ती समितिबाट सहजीकरण हुने बताए ।   
साधारण सभामा बासुकीनाग टोल सुधार समितिका उपाध्यक्ष थम बहादुर गुग्जालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कोषाध्यक्ष गोविन्द प्रसाद रिमालले संस्थाको आय÷व्यय बिबरण र सचिब बिष्णु प्रसाद नेपालले टोल सुधार समितिको भावि योजना प्रस्तुत र बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । 

Image may contain: 4 people, people sitting
Image may contain: 15 people, outdoor
df
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video