अर्थतन्त्र/सेयरबजार
Sep 22, 2019
चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न
काठमाण्डौं । असोज ५ । २०७६ असोज ३ देखि ४ गते सम्म चन्द्रागिरि साकोसले वार्षिक समिक्षा र योजना गोष्ठीको आयोजना गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को लेखापरिक्षण सम्पन्न भईसकेछि वार्षिक प्रगतिको समिक्षा र नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गर्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । सल्लाकार परिषद, सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, उप समिति, सदस्यहरु र प्रमुख कर्मचारीहरुको सहभागिता रहेको गोष्ठीको अध्यक्षता सल्लाहकार परिषदका अध्यक्ष प्रा।डा। श्री रामशरण पाठकले गर्नुभएको थियो ।
Image may contain: 5 people, including Shiva Shankar Manandhar, people smiling, people standing and indoor
कार्यक्रममा सहभागीहरुले काभ्रे बनेपा स्थित अन्तराष्ट्रिय स्तरको ब्राण्ड प्राप्त गर्न सफल बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको भ्रमण गरी उक्त संस्थाले गरेका असल अभ्यासहरुको अध्ययन अवलोकन समेत गरेको थियो । धुलिखेल भिलेज रिसोर्टमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री शिवशंकर मानन्धर, सचिव श्री योगेन्द्रकुमार कुँवर, लेखा सुपरिवेक्षण समिति सदस्य भानुप्रकाश ढकाल र प्रमुख कार्यकारी अधिकृत श्री कृष्णकुमार श्रेष्ठले विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो भने सञ्चालक श्री दिलकुमारी महर्जनले २ दिवसीय उक्त गोष्ठीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
Image may contain: 7 people, people sitting, table and indoor
सल्लाकार परिषदका संयोजक श्री रामशरण पाठकले संस्थाले आगामी दिनहरुमा थम मेहनतका साथ काम गर्दै यथासिघ्र एक्सेस ब्राण्ड प्रमाणिकरण प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो । ३८ बुँदै नीति तथा कार्यक्रम तय गर्दै गोष्ठी सम्पन्न भएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video