एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द  |  पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात  |  सेना रहेको बस दुर्घटनामा तीस घाइते
राजनीति
Sep 20, 2019
बाँकेका तरुण नेताहरू माथिको आक्रमण राज्य आतंक हो यसको जबाफ दिन्पर्छस् नेता शाह
काठमाडौं असोज ३ । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले कांग्रेसमा कार्यकर्ता बिनाको नेता बन्ने दिन आउने तिर संकेत गर्दै त्यतातिर ध्यान दिन पार्टीका नेताहरूलाई आग्रह गरेका छन। सामाजिक संजाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले नेपाल तरुण दल नेपालगन्जका नगर अध्यक्ष सन्दीप जंग शाह,तरुण नेताहरु घमण्ड खडका र अमर रोकायलाई आततायीहरूले खकुरी प्रहार गरी गंभीर घाईते बनाएको घटना प्रति घोर भ्रत्सना गर्दै शाहले यी घटनामा संलग्न नेकपाका नेताकार्यकर्तालाई गिरफ्तार गरी कानुनी कार्वाही गर्न माग गरेका छन। बाँकेमा तरुण नेताहरू माथिको आक्रमण राज्य आतंक भएको शाहले जिकिर गरे। नेपाल तरुण दलका नेताहरु माथी भएको आक्रमणको जवाफ फर्काउने चेतावनीसमेत शाहले दिएका छन। उनले बाँकेमा भएका घटनाहरु  कुनै निश्चित ब्यक्ति वा जिल्ला लक्षित नभएर यो प्रतिपक्षी र विरोधीहरूलाई दमन गरी समग्र राज्य सत्ता कब्जा गर्ने उद्देश्यले सरकारद्वारा निर्देशित एउटा संरक्षित घटना भएको पनि बताए। सरकार द्वारा निर्देशित यी योजनाबद्ध घटनाको प्रतिकार गर्न सर्बप्रथम आपसी मेलमिलाप र सहकार्यको आवश्यकता हुनु पर्ने भन्दै शाहले त्यसकालागी गुटगत जन्जिरबाट मुक्त भएर संगठनलाई शसक्त र गतिशील  तरीक़ाले निर्माण र परिचालनमा केन्द्रित हुन पार्टीका नेताहरू सुझाव दिएका छन। उनले   यो जटिल अवस्थामा आपसी मतभेदको अन्त्य गर्दै पार्टीमा हार्दिकताका साथ सहमतिमा पार्टीको सम्पूर्ण अंगलाई सशक्त तरीकाले संगठन निर्माण र परिचालन गर्ने दिशामा कांग्रेस लाग्नुपर्नेमा जोड दिए। नेता शाहले खाली रहेको नेपाल बिध्यार्थी संघको केन्द्रीय समिति तत्काल गठन गर्न, बिस्तार हुन बाकी रहेका नेपाल तरुण दल र नेपाल सांस्कृतिक संघको केन्द्रीय समिति तत्काल विस्तार गर्न पनि अनुरोध गरेका छन। शाहले नेपाली कांग्रेसका दोस्रो तथा तेस्रो पुस्ताका नेताहरूलाई पनि विशेष निबेदन गर्दै आफ्नो गुटगत र व्यक्तिगत स्वार्थका लागी संगठनलाई बन्धक बनाऊने कुराको कारक र सहयोगी नबन्न पनि आव्हान गरेका छन। उनले आफनै कारणले आफनै आँखा अगाडि पार्टी र लोकतान्त्रिक प्रणाली समाप्त भएर असहाय हुने अवस्था सृजना नहोस भन्दै पार्टीका सम्मानित नेताहरूलाई त्यतातिर ध्यान दिन पनि विनम्र अनुरोध गरेका छन। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video