अर्थतन्त्र/सेयरबजार
Sep 17, 2019
सिटी एक्सप्रेसबाट पैसा पठाउनुस, चाडपर्वको खुसीयालीमा १० लाख जित्ने भाग्यमानी तपाँई पो हुनसक्नुहुन्छ की ?
काठमाण्डौं । भाद्र ३१ । दशैं, तिहार, छठ जस्ता चाडपर्वको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “लखपति एक्स्प्रेस २०७६ ( न यति न उति सिधै लखपति” उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले रु २०० को मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले रु १०,००० र हरेक महिना लक्कीड्रमा विजयी हुने १ जनालाई रु १००,००० उपहार प्रदान गरिने छ । 
उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रु १०,००,००० जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।
 
कम्पनीका अनुसार यो “लखपति एक्स्प्रेस २०७६ ( न यति न उति सिधै लखपति” अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने बताइएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video