एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द  |  पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात  |  सेना रहेको बस दुर्घटनामा तीस घाइते
राजनीति
Sep 17, 2019
‘सङ्घीयता सफल हुन सहकार्य आवश्यक’
हेटौँडा, भदौ ३१ प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहकार्य भए मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ । स्थानीय तहका लागि प्रदेश सरकारले नियुक्त गरेको कानूनी सहजकर्तालाई आज यहाँ सम्बोधन गर्दै सहजकर्ताले प्रदेश सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहसँग समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । प्रदेशका विभिन्न ७ जिल्लाका ५७ कानूनी सहजकर्ता, स्थानीय तहका ५७ उपप्रमुख र सात जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमुखको सहभागिता रहेको कानूनी सहजकर्ता अभिमुखीकरण तालीम कार्यक्रममा मन्त्री जम्मट्टेलले अधिकांश स्थानीय तहले प्रदेश सरकारले पठाएको इमेलको जवाफ नपठाएको बताउँदै त्यसो नगर्न अनुरोध गर्नुभयो । उहाँले एउटा सरकारले अर्को सरकारलाई बेवास्ता गर्दा वर्तमान राज्य व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने बताउनुभयो । प्रदेश सरकारले जारी गरेको संस्था दर्ता ऐनको कार्यान्वयन तथा अन्य ऐनको पालना गराउन स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले सहजकर्ता गाउँपालिकालाई कार्यसम्पादनमा सहयोग पुगोस भन्नका लागि प्रदेश सरकारका तर्फबाट पठाइएकोले उनीहरुको सदुपयोग गरेर फाइदा लिन स्थानीय तहलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेशका मुख्यन्यायाधिवक्त ओम थपलियाले स्थानीय तहको न्यायिक समितिले गरेका निर्णयका कारण समाजममा सौहाद्रता छाएको बताउँनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video