भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि  |  दुग्ध बिकास संस्थानद्धारा ठुलो संख्यामा कर्मचारी माग, यसरी गर्नुहोस आवेदन (विज्ञापन सहित)  |  घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जनालाई पक्राउ  |  दुई उम्मेदवार विरुद्ध उजुरी  |  उपनिर्वाचन २०७६ : निर्वाचनको गतिविधि तीव्र  |  आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२५ शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने
राजनीति
Sep 11, 2019
काङ्ग्रेसले बिपीको मर्म बुझ्न सकेन : वरिष्ठ नेता पौडेल
दमौली, भदौ २५ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताउनुभएको छ । राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताउनुभयो । “बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,” वरिष्ठ नेता पौडेलले भन्नुभयो, “बिपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।” उहाँले बिपी जनताको शासनका पक्षमा रहे पनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाउनुभयो । बिपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । निमुखालाई न्याय र विपन्नलाई आय काङ्ग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उहाँले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा उहाँले बिपी कोइरालाले विसं २०३६ असोज ६ गते व्यास नगरपालिका–३ बिपी वनवाटिकामा उपस्थित भएर राखेको भनाइ अङ्कित बोर्डको अनावरण गर्नुभएको थियो । तनहुँ आएर पहिलोपटक राखेको उद्गारलाई चीरस्थायी बनाउन होर्डिङ बोर्ड राखिएको काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिनुभयो । राष्ट्रिय जागरण अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा सभा, सम्मेलन आयोजना गरिएको पार्टीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video