एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द  |  पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात  |  सेना रहेको बस दुर्घटनामा तीस घाइते
समाज
Sep 08, 2019
थानापति सेवा समाजको साधारणसभा सम्पन्न, थानापति मन्दीरलाई आध्यात्मीक केन्द्रको रुपमा बिकास गरिनुपर्दछ : प्रमुख निर्वाचन आयुक्त थपलिया
रबिन थपलिया । काठमाण्डौं । भाद्र २२ । थानापति सेवा समाजको पाँचौ बार्षिक साधारणसभाको अवसरमा जेष्ठ नागरीकहरु, एसईईमा उत्रिण सदस्यका छोरा छोरी, शैक्षिक क्षेत्रमा लामो समय योग्दान दिनुभएका शिक्षक लगायत सम्मानीत भएका छन् । 
समाजद्धारा शनिबार काठमाण्डौंमा आयोजना गरिएको कार्यक्रममा थानापतिकै जेष्ठ नागरीक ९९ बर्षका ज्ञानप्रसाद थपलिया, मुकुन्दराज लोहनी बर्ष ९३, देवी मायाँ थापा बर्ष ९२, बिष्णु कुमारी लोहनी बर्ष ९१, होम देवी थपलिया बर्ष ९०,अयोध्यादेवी थपलिया बर्ष ९०, गोरी डंगोल बर्ष ८७, मोहनलाल पाण्डे बर्ष ६८, हरिप्रिया भेटुवाल बर्ष ८५, टिकाराम कंडेल बर्ष ८३, टिकाराम कंडेल, विश्वनाथ कंडेल बर्ष ८२, भक्तिमाँया थपलिया बर्ष ८१, विश्वनाथ कंडेल बर्ष ८२, भक्तिमायाँ थपलिया बर्ष ८१, भगवती लोहनी बर्ष ८१, खुस कुमारी कंडेल बर्ष ८१, कल्याणी थपलिया बर्ष ८०, भिमप्रसाद खकुरेल बर्ष ८०, शिवनाथ सिलवाल बर्ष ७९, गणेशप्रसाद लोेहनी बर्ष ७९, बिष्णुप्रसाद कंडेल बर्ष ७८, कृष्णप्रसाद पाण्डे बर्ष ७८, गोकप्रसाद थपलिया बर्ष ७८, श्यामकृष्ण पाण्डे बर्ष ७६, कृष्णप्रसाद खकुरेल बर्ष ७६, मणिनाथ लोहनी, बर्ष ७५, रामकृष्ण सेढाँई बर्ष ७५, गृहलाल पाण्डे बर्ष ७५, नानीमैयाँ पाण्डे बर्ष ७५,सूभकुमारी खकुरेल बर्ष ७५, नानीमैयाँ पाण्डे(भानु) बर्ष ७५, माधव प्रसाद पाठक बर्ष ७४, भैरबप्रसाद थपलिया बर्ष ७४, मीरा थपलिया बर्ष ७४, दालचिनी कुमारी सिलवाल बर्ष ७४, बाबुकाजी पाठक बर्ष ७३, शिलादेवी थपलिया बर्ष ७३, ज्ञानप्रसाद रिजाल बर्ष ७३, इश्वरीप्रसाद थपलिया बर्ष ७३, लालराज भेटुवाल बर्ष ७२, रामप्रसाद खकुरेल बर्ष ७२, हरिप्रसाद पाण्डेय बर्ष ७२, युवराज थपलिया बर्ष ७१, किर्तिराज सिटौला बर्ष ७० सम्मानीत हुनुभएको छ । 
कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, युवा तथा खेलकुद मन्त्रालयका सचिब रामप्रसाद थपलिया, शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापा लगायतले संयुक्त रुपमा दोसल्ला ओढाएर जेष्ठनागरीकहरुलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा जनज्ञान निकेतन माध्यामीक विद्यालयमा ४२ बर्ष अध्यापन गराएर केहि समय अगाडी अवकास पाउनु भएका विद्यालयका पुर्वप्रधानाध्यापक ताराप्रसाद पाठकलाई सम्मान गरिएको थियो । उहाँले ४२ बर्षे सेवाको क्रममा जनज्ञान निकेतन माध्यामीक विद्यालयमा २४ बर्ष सम्म प्रधानाध्यापकको रुपमा रहेर विद्यालयको शैक्षिक गुणस्तर कायम गराउनको निम्ती निकै महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा २०७५ सालको एसईई परिक्षामा उत्रिण भएका थानापति सेवा समाजका सदस्यका १५ जना छोराछोरी तथा जनज्ञान निकेतन माध्यामीक विद्यालयबाट एसईईमा उत्कुष्ट ग्रेट पाउने एकजान छात्र र एकजान छात्रालाई जनही रु दुई हजार नगद सहित सम्मान गरिएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नुवाकोटको शिवपुरी ८ स्थीत थानापति मन्दीरलाई आध्यात्मीक धरोहरको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।
थानापति मन्दीरको धार्मीक, एतिहाँसीक र पौराणीक महत्व रहेपनि प्रचारप्रसारको अभाबमा ओझेलमा परेको बताँउदै आयुक्त थपलियाले आध्यात्मीक धरोहरको रुपमा बिकास गर्न सकिएमा त्यसले शिवपुरीको बिकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले काठमाण्डौंको जनघनत्वलाई कम गर्नका निम्ती नुवाकोटलाई स्याटलाईट सिटीको रुपमा बिकास गरिनु उपयुक्त बिकल्प रहेको समेत बताउनुभयो ।
थपलियाले छहरे–टोखा सुरुङमार्ग निर्माणसंगै काठमाण्डौ र नुवाकोटको दुरी निकै कम हुने भएकाले काठमाण्डौंको बढदो शहरीकरणलाई स्थानान्तरण गर्न मद्धत पुग्ने बताउनुभयो ।
कार्यक्रममा पुर्वसंसद तथा नेकपा नुवाकोटका नेता राजेन्द्रप्रकाश लोहनीले जेष्ठ नागरीकको सम्मानले युवा पुस्तालाई नयाँ पाठ सिकाएको बताउनुभयो । 
शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले थानापति सेवा समाजको काम निकै प्रशंसनीय रहेको बताँउदै संस्थाको बिधानले दिएमा शिवपुरीको अन्य वडामा समेत कार्यक्षेत्र बिस्तार गरेर कार्यक्रम गर्न आग्रह गर्नुभयो । 

सम्मानीत भएपछि तात्कालीन थानापति गाँउविकास समितिका पुर्व अध्यक्ष तथा नेपाली काँग्रेसका नेता बाबुकाजी पाठकले बषौं सम्म भेट हुन नसकेका जेष्ठ नागरीकहरुलाई एकैठाँउमा जम्मा गरेर सम्मान गरिंदा उत्साह साथै सवैमा भेटघाटको अवसर मिलेको बताँउदै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्वप्रधानपञ्च तथा समाजसेवी मणिनाथ लोहनीले जेष्ठ नागरीक सम्मानले हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो “म बुढो भइसकेकी भन्ने जस्तो लागीरहन्थ्यो हिजो चुरीखुरी गरेर हिडनेहरु सबै बुढो पो भएछन् हिजोका दौंतरीलाई एकै ठाँउमा भेटुनु खुसीको कुरा हो ” 
कार्यक्रममा जनज्ञान निकेतन माध्यामीक विद्यालयका पुर्व प्रधानाध्यापक ताराप्रसाद पाठकले जेष्ठ नागरीकको सम्मान र विद्यार्थीहरुलाई पुरस्कार गर्ने संस्कारले समाजमा नयाँ सन्देश दिएको बताउनुभयो । 
कार्यक्रममा संस्थाका उपाध्यक्ष सरोज पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिब पुरुसोत्तम थपलियाले कार्यक्रममा सहभागीहरुलाई धन्यवात ज्ञापन गर्नुभएको थियो । 
कार्यक्रममा संस्थाका अध्यक्ष नेपाल सरकारका पुर्व सहसचिब होमनाथ थपलियाले संस्थाका आजीवन सदस्यहरु तथा बिभिन्न दाताहरुबाट प्राप्त ११ लाख २७,६७३ रुपयाँ बिभिन्न बैकहरुमा मौजाद रहेको जानकारी दिनुभयो । 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष बद्रिप्रसाद खकुरेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video