समाज
Sep 06, 2019
प्रमुख निर्वाचन आयुक्त थपलियाको प्रमुख आतिथ्यतामा थानापति सेवा समाजद्धारा जेष्ठ नागरीक र जेहेन्दार बिद्यार्थी सम्मानीत हुंदै
रबिन थपलिया । काठमाण्डौं । भाद्र २० । नुवाकोटको शिवपुरी गाँउपालीका ८ थानापति घर भई काठमाण्डौ तथा बिदेशमा बसोबास गर्नेहरुको संस्था थानापति सेवा समाजकोे पाँचौं बार्षिक साधारणसभा भोली शनिबार काठमाण्डौंमा हुने भएको छ । 
भोली शनिबार भाद्र २१ गते ११ बजे सामुदायिक भवन  महादेवटार हाईट गोङ्गवुमा हुने बार्षिक साधारण सभामा संस्थामा आबद्ध रहेका जेष्ठ नागरीक तथा २०७५ सालमा एसईई परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउन सफल संस्थाका सदस्यका छोराछोरीलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका महासचिब पुरुषोत्तम थपलियाले जानकारी दिए । 
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्यतामा थानापति सेवा समाजले जेष्ठ नागरीकहरुलाई प्रमाणपत्र र खादा ओडाएर तथा उत्कृष्ट छात्रछात्राहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गर्ने कार्यक्रम तय भएको छ ।  
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिब रामप्रसाद  थपलिया, नेपाली काँग्रेसका नेता बाबुकाजी पाठक, नेकपाका नेता राजेन्द्रप्रकाश लोहनी, व्यवसायी तथा समाजसेवी मणीनाथ लोहनी लगायत बिभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तित्वहरुको उपस्थीति रहने बताइएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video