अर्थतन्त्र/सेयरबजार
Sep 06, 2019
सिटी एक्सप्रेस कनेक्ट आईपिएसमा आबद्घ
काठमाण्डौं । भाद्र २० । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच अब अन्तर र्बैक       भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउस को कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु बाट हुनेछ ।  सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु Connect IPS e-Payment  मार्फत real-time / NCHL-IPS मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ । यस अनुरुप अव बैंक भुक्तानी कार्य हरु धेरै सहज र सरल हुने बिश्वास गरिएको छ । उक्त सम्झौता पत्रमा नेपाल  क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत  नीलेश मान सिंह प्रधान  र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक  चन्द्र टण्डनले हस्ताक्षर गर्नु भएका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video