बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
समाज
Sep 03, 2019
वस्ती र पुलनजिकैको नदीमा गोही छाडेकामा विरोध
नेपालगञ्ज, भदौ  १७ जिल्ला वन डिभिजन कार्यालय बाँकेले अन्यत्रबाट गोही ल्याएर राप्ती नदीमा छाडेपछि स्थानीयवासीले विरोध जनाएका छन् । राप्ती क्षेत्रमा बस्ती नजिकै नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका हुन् । राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिस नुहाउने, पूजापाठ गर्ने, पशुचौपाया तर्ने भएकाले सो स्थानमा गोही छाडेपछि विरोध शुरु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । वन डिभिजन कार्यालयले खजुरा गाउँपालिका उढरापुरका एक स्थानीयवासीको घरबाट उद्धार गरी करीब १२ किलोको एक वर्षको गोहीलाई राप्ती नदीमा आइतबार छाडेको थियो । स्थानीयवासीको विरोधपछि गाउँपालिकाले समेत चासो देखाएर तत्काल वन कार्यालयसँग सम्पर्क गरी तीन दिनभित्र गोहीको खोजी गरी अन्यत्र व्यवस्थापन गर्न सोमबार पत्र लेखेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले राप्ती नदी नजिकै गाउँबस्ती रहेकाले मानिसले नुहाउने तथा आवतजावत गर्ने हुँदा उच्च जोखिम बढाएकाले त्यहाँ नछाडेर जङ्गल क्षेत्रअन्तर्गत नदीमा छाडनुपर्ने भन्दै त्यसको व्यवस्थापनका लागि पहल गरेको बताउनुभयो । वन डिभिजन प्रमुख मोहनप्रताप श्रेष्ठले गाउँबस्ती नजिकै छाडिएकाले जोखिम बढाएको स्वीकार गर्दै सानो गोही भएकाले बग्न सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले त्यहाँ छाड्न नहुने गल्ती सच्याउँदै अब त्यसलाई खोजी गर्दा पनि फेला पर्न गाह्रो हुने बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video