नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह भन्छन “ नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो”  |  सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ  |  थकालीलाई ओशोले दिएको नाम ‘प्रभु’  |  गाउँका जमीनमा वनमाराः युवा शहर वा विदेश पलायन  |  स्वास्थ्य सेवा : दुर्गममा लाग्दैनन् चिकित्सकका आँखा  |  पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्ने : केन्द्रीय सदस्य कोइराला  |  साताको शेयर बजार : साढे आठ अर्बको कारोबार  |  विकट गाउँका बालबालिकाको पीडा : विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा  |  महोत्तरीमा क्रसर उद्योग बन्द गरिने  |  शान्ति र स्थायित्व बिना विकास सम्भव छैन : गृहमन्त्री थापा
राजनीति
Aug 31, 2019
हिन्दू धर्ममाथि प्रहार हुन खोजेको छ ः अध्यक्ष राणा
काठमाडौँ, भदौ १४ राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणाले हिन्दू धर्ममाथि प्रहार हुन खोजेको बताउनुभएको छ । नेपाल गृहस्थ धर्मसेवा सदन सामाखुशीले कुशे औँसीका अवसरमा  यहाँ आयोजना गरेको ‘पिता सम्मान कार्यक्रम’मा उहाँले सनातनदेखि चल्दै आएको धर्ममाथि प्रहार हुन खोजेको बताउनुभएको हो । “परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो । अध्यक्ष राणाले धर्म संस्कृतिले हाम्रो समाजलाई अनुशासित र मर्यादित बनाएको उल्लेख गर्नुभयो । पूर्वमन्त्री एवम् विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले जीवनमा लामो अनुभव भोगेका ज्येष्ठ नागरिकबाट समाजले पाठ सिक्नुपर्ने बताउनुभयो । “पिताको सम्मान गर्नु नै सबैभन्दा ठूलो पुण्य प्राप्ति गर्नु हो”, उहाँले भन्नुभयो । विश्व हिन्दू महासङ्घका महासचिव गणेश न्यौपानेले बुबाआमालाई एक दिन मात्र सम्मान गरेर पर्याप्त नहुने बताउनुभयो । “मन्दिरमा गएर मात्र धर्म मिल्दैन, दिन दुःखी, असहाय, गरीबको सेवा गर्नु धर्म हो”, उहाँले भन्नुभयो । एक दशकपहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहको सदनका अध्यक्ष तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video