बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
समाज
Aug 27, 2019
प्रकाश खालिङको संयोजकत्वमा सोलुखुम्बु–काठमाडौँ पत्रकार समाज गठन
काठमाडौँ १० भदौ – सोलुखुम्बुबाट काठमाडौँमा आई पत्रकारिता गर्नेहरुबीच अन्तरसंवन्ध कायम राख्ने उद्देश्य सहित सोलुखुम्बु–काठमाडौँ पत्रकार समाज गठन गरिएको छ । प्रकाश खालिङको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
 
काठमाडौँमा कार्यरत मध्य अधिकतम पत्रकारहरुको सहभागीतामा सोलुखुम्बुको विकास निर्माण र सुशासन कायम राख्न सहयोग पुग्ने प्रकारको समाचार सम्प्रेषण र पत्रकारहरुलाई थप थप उत्तरदायी बनाउन स्वतन्त्र संगठनको निर्माण गरेको तर्दथ समितिका संयोजक प्रकाश खालिङले जानकारी दिए ।
 
समिति सदस्यमा सोलुखम्बुमै कार्यरत भोजराज कार्की, काठमाडौँमा कार्यरत बुद्धबीर बाहिङ, विक्रम श्रेष्ठ, मदन राई, तेज किराँती, डोमा शेर्पा रहेका छन् ।
 
कुनै राजनितिक दल वा विचार भन्दा निक्कै पर रहेर स्वतन्त्र रुपमा समितिको गठन गरिएको संयोजक खालिङको भनाई छ । उनले भने, ‘यो विशुद्ध सोलुखुम्बुमा पत्रकारिता गरिरहेका र सोलुखुम्बुबाट काठमाडौँमा आई पत्रकारिता गरिरहेकाहरुबीच समन्वय र जिल्लाप्रति थप उत्तरदायी बन्न गरिएको प्रयास हो ।’
 
तदर्थ समितिले भेलाको आयोजना गरी समाज संग सरोकार राख्ने पत्रकारहरुको उपस्थीतिमा कार्यसमिति चयन गरिने छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video