बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
राजनीति
Aug 18, 2019
विचार र नीतिका पछि लाग्नुपर्छ : उपसभापति निधि
काठमाण्डौं । भाद्र १ । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा विद्यमान गुटबन्दी अन्त्यका लागि पार्टीका कार्यकर्ता यो वा त्यो नभनी विचार र नीतिका पछाडि लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काङ्ग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि पोखरामा जारी महाधिवेशन प्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रमको आज आयोजित समापन कार्यक्रममा उहाँले पार्टीमा विद्यमान अन्तरघात र गुटबन्दीलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । “पार्टीको विचार, सिद्धान्त र नीतिलाई आत्मसात गर्दै अघि बढेमा त्यससँगै गुटबन्दी स्वतः अन्त्य हुन्छ”, उहाँले भन्नुभयो, “पार्टीको प्रत्येक कार्यकर्ताले व्यक्तिभन्दा विचारलाई प्राथमिकता दिनुपर्छ, गुटबन्दीको अन्त्य सँगै अन्तरघात स्वतः कम हुन्छ ।” आशन्न उपनिर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले आपसी मतभेदलाई बिर्सेर पार्टीका पक्षमा जनमत बनाउन र मतदाता केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डा जगदीशचन्द्र पोखरेल, डा गोविन्द पाखरेल, डा आरजु राणालगायतले विविध विषयमा प्रशिक्षण दिनुभएको थियो । शुक्रबारदेखि शुरु दुईदिने प्रशिक्षणमा गण्डकी प्रदेशका ११ जिल्लाबाट २०० भन्दाबढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video