आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२० शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
अर्थतन्त्र/सेयरबजार
Aug 15, 2019
एकैदिनमा तोलाको १२ सयले बढ्यो सुन
काठमाडौँ, साउन ३० लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज एकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाला सुन रु ७० हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रु ७१ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार २०० ले नै बढेको छ । तेजाबी सुन आज प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो । यो सुनको मूल्य अहिलेसम्मको उच्च हो । पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएर रु ८४० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । चीन–अमेरिका व्यापार टकराव तथा अमेरिका–इरानबीच देखिएको विवादका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको बताइएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video