वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने  |  नेपालमा पाँचहजारलाई कोरोना सक्रमण हुन सक्ने सरकारी अनुमान, सङ्क्रमितलाई पुग्ने स्वास्थ्य सामग्रीको व्यवस्था  |  थप सात जना सङ्क्रमित थपिए, २५ जना घर फिर्ता  |  शिक्षण अस्पतालमा पनि पिसिआर प्रयोगशाला  |  विद्युत् महसुल सङ्कलन गर्ने नगर्ने भन्नेमै विवाद  |  रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध  |  दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै  |  प्रधानमन्त्री ओलीले लिनुभएको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक : मुख्यमन्त्री पौडेल  |  मदिरा र सुर्तीमा कर बढाउनुस् : समिति  |  महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला
अर्थतन्त्र/सेयरबजार
Aug 15, 2019
नेप्से परिसूचकको ओरालो यात्रा कायमै
काठमाडाँै साउन ३० धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२४ अङ्कले घटेर २६४.६८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि औसतमै सीमित रह्यो । कुल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर रु ४२ करोड ४३ लाख २३ हजार १२८ मा कारोबार भयो । स्टकका अनुसार कारोबार भएका १२ मध्ये सात उपसमूहको शेयर बढेको छ । व्यापार ६.६७, होटल १३.९, विकास बैंक ४.५, वित्त १.७९, निर्जीवन बीमा १७.३२, उत्पादन २३.८३ र जीवन बीमा १९.४३ अङ्कले बढेको छ । त्यस्तै बैंकिङ २.३३, जलविद्युत् ७.९५, अन्य ६.६८, लघुवित्र ४.०१ र सामूहिक लगानी कोषको शेयर शून्य अङ्कले घटेको छ । कारोबार रकमका आधारमा माछापुछ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर रु पाँच करोड ३७ लाख ८६ हजार २७३, सनराइज बैंक लिमिटेड रु चार करोड ८२ लाख ८२ हजार ७७५, प्रभू बैंकको रु दुई करोड ३७ लाख २१ हजार ८३३, नेपाल इन्भेष्टमेन्ट बैंकको रु दुई करोड ३६ लाख ९५ हजार ३९१ र एनआइसी एसिया बैंकको रु दुई करोड पाँच लाख ९४ हजार ६०२ को कारोबार भएको छ । घटेको बजारमा स्टकका अनुसार आज मन्जुश्री फाइनान्स कम्पनीका लगानीकर्ताले ६.५६ प्रतिशतले कमाए । त्यस्तै विशाल बजार कम्पनी लिमिटेड ६.०३, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.००, हिमालयन डिष्टिलरी ३.६३, वेष्ट फाइनान्स कम्पनी ३.१३ र महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.०५ प्रतिशतले कमाए । यसैगरी वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका शेयरधनीले ५.६० प्रतिशतले गुमाउँदा युनाइटेड मोदी हाइड्रोपावर ५.३०, पाँचथर पावर कम्पनी ३.३३, नेपाल इन्भेष्टमेन्ट बैंक ३.१४ र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.९७ प्रतिशतले गुमाए । ––––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video