आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२० शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
अर्थतन्त्र/सेयरबजार
Aug 15, 2019
लक्ष्यको तुलनामा राजश्व सङ्कलनमा १३ प्रतिशतले कमी
नवलपरासी, साउन पश्चिम ३० नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा कूल रु १२ करोड ९६ लाख २४ हजार ५१९ बराबरको राजश्व सङ्कलन गरेको छ । सो आर्थिक वर्षमा करीब १५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्यको तुलनामा १३ दशमलव ५८ प्रतिशतले कमी हो । कर्मचारी अभाव तथा भौतिक पूर्वाधार र अन्य समस्याका कारण लक्ष्यभन्दा केही कम राजश्व सङ्कलन भएको महेशपुर भन्सार कार्यालयले जनाएको छ । यो जिल्ला खुला सिमाना भएका कारण सीमावर्ती क्षेत्रमा व्यापक चोरी तस्करी हुने हुनाले पनि भन्सारको राजश्व लक्ष्यभन्दा कम सङ्कलन भएको कार्यालयले जनाएको छ । मूल भन्सारमा परिणत भएको एक वर्ष बितिसक्दा पनि यसको विस्तारका लागि आवश्यक धैरे काम गर्न बाँकी नै छ । भन्सार कार्यालयलाई पूर्णरूपमा कार्यान्वयमा ल्याउनका लागि आवश्यक जग्गा अधिग्रहण, सडक, ठूला गोदाम, जाँचकी भवन, कर्मचारी बस्ने भवनजस्ता महत्वपूर्ण भौतिक पूर्वाधारको विकास हुन बाँकी देखिन्छ । कोलकता बन्दरगाह नाकाबाट सबैभन्दा छोटो दूरीमा पश्चिम नवलपरासीको महेशपुर नाका मानिन्छ । नेपाल र भारत दुवैतर्फ आवश्यकताअनुसार सडक सञ्जाल र दुवै भन्सार कार्यालयको उचित ब्यवस्थापन हुन सके यस भन्सार कार्यालयले पनि लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सक्ने अवस्था देखिन्छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video