एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द  |  पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात  |  सेना रहेको बस दुर्घटनामा तीस घाइते
राजनीति
Aug 14, 2019
सचिव विष्टलाई गरिएको आक्रमणको निन्दा
काठमाडौँ,  साउन २९ नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुले डडेल्धुरा पार्टी कार्यालयका सचिव रामबहादुर विष्टमाथि भएको आक्रमणको निन्दा गरेका छन् । काङ्ग्रेसका ६१ जिल्लाका सभापतिले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै केही दिन अघि डडेल्धुरास्थित पार्टी कार्यालयमा अज्ञात समूहले कार्यालय तोडफोड गर्नुका साथै सचिव विष्टलाई आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले कार्यालयमा बसिरहेको अवस्थामा सचिव विष्टलाई आक्रमण गर्नु तथा राज्यले घाइते विष्टविरुद्ध उल्टै अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गर्नु कानूनी राज्यको सिद्धान्त विपरीत भएको बताउनुभयो । “पीडितविरुद्ध उल्टै मुद्दा दर्ता गर्नु कानून विपरीत हो”, उहाँले भन्नुभयो । काङ्ग्रेस जिल्ला सभापतिहरुले यस्ता प्रकारका घटनाको भत्र्सना गर्दै आगामी दिनमा यस्ता घटना हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video