बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
समाज
Aug 10, 2019
सरकारी जागिरसँगै कृषिबाट मनग्य आम्दानी
सुर्खेत, साउन २५ वीरेन्द्रनगर–१० का सुशील केसी पेशाले सरकारी कर्मचारी हुनुहुन्छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृतका रुपमा कार्यरत उहाँले गाग्रेतालमा सुगारिका एकीकृत पशु तथा कृषि मत्स्य फार्म सञ्चालन गर्नुभएको छ । उहाँले दुई वर्षअघि फार्म सञ्चालनमा ल्याउनुभएको हो । “मेरो जागिरको शुरुआतै पशु सेवाबाट भएको हो, त्यतिबेला कृषकलाई हेँलाका दृष्टिले हेरिन्थ्यो, पछिल्लो समय कृषिलाई हेर्ने समाजको धारणा पनि बदलिएको छ”, उहाँले भन्नुभयो, “पुख्र्यौली जग्गा भएकाले एकीकृत कृषि फार्म सञ्चालन गर्ने योजना बनाएँ ।” फार्ममा स्थानीय जातका कुखुरा, टर्की, जर्सी गाईपालनका साथै मौसमी÷बेमौसमी तरकारी उत्पादन हुने गरेको छ । छ बिघासम्म फैलिएको फार्ममा एकलटमा ५०० हाराहारीमा कुखुरा उत्पादन हुन्छन् । पाँच जर्सी गाई छन् । “प्रदेश राजधानीमै भएकाले यहाँ उत्पादन हुने तरकारीलाई बजारको समस्या छैन्”, फार्म सञ्चालक केसीले भन्नुभयो, “विषादी प्रयोग गर्दिन, अग्र्यानिक उत्पादन भएकाले ग्राहकहरु फार्ममै आउँछन् ।” एक÷एक बिघा जमीनमा टिक जातको रुख रोप्नुका साथै नेपियर घाँसखेती गरिएको छ । “कर्णाली प्रदेशमै पहिलोपटक टिक जातको रुख रोपेको छु, १०–१२ वर्षमै रुख बिक्री गर्ने अवस्थामा पुग्न सक्छ,” उहाँले भन्नुभयो । फार्मले घाँस बेचेर राम्रो आम्दानी गरेको छ । यहाँ घाँसका बेर्ना किन्न टाढा–टाढाबाट कृषकहरु आउने गर्दछन् । फार्ममा तीन जनाको परिवारले रोजगारी पाएका छन् । व्यावसायिक माछापालन र फार्ममै उत्पादित अग्र्यानिक कृषि उपजबाट रेष्टुरेन्ट सञ्चालन गर्ने तयारी छ । जागिरबाट बचेको समय फार्मलाई दिने गरेको उहाँ बताउनुहुन्छ । आफूलाई कृषि पेशामा आउन सरकारको कृषिमैत्री नीतिले प्रोत्साहन गरेको उहाँको भनाइ छ । तलबबाट भन्दा कृषि फार्मबाटै आफूले राम्रो आम्दानी लिन सफल भएको बताउनुभयो । “फार्म सञ्चालनमा ल्याएको दुई वर्षमात्रै भयो, यस अवधिमा आवश्यक पूर्वाधार बनाउनमै केन्द्रित हुनुप¥यो”, सञ्चालक केसीले भन्नुभयो, “अबको केही वर्षमै वार्षिक रु एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छु ।” (


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video