बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
समाज
Aug 08, 2019
नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
कावासोती, साउन २३ नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ । आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन् । आमा सुधा विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । आमा स्वयंले दुवै बच्चा साथमा लिएर नारायणी नदीमा हामफालेकी थिइन् । उनका श्रीमान प्रहरी युक्ती तालीम महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । जुवा खेल्ने पक्राउ जुवा खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको कावासोती–८ सभापतिचोकस्थित बुद्धि तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । जुवा खेलिरहेको भन्ने सूचना प्राप्त गरेपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले रु ८१ हजार ७६५ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video