भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि  |  दुग्ध बिकास संस्थानद्धारा ठुलो संख्यामा कर्मचारी माग, यसरी गर्नुहोस आवेदन (विज्ञापन सहित)  |  घुस लिएको आरोपमा शाखा अधिकृतसहित चार जनालाई पक्राउ  |  दुई उम्मेदवार विरुद्ध उजुरी  |  उपनिर्वाचन २०७६ : निर्वाचनको गतिविधि तीव्र  |  आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२५ शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने
अर्थतन्त्र/सेयरबजार
Aug 05, 2019
धितोपत्र बजारः नेप्से परिसूचक ओरालो
काठमाडौँ,  साउन २० धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अङ्कले घटेर २७१.०१ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको छ । स्टक एक्स्चेन्जका अनुसार आज १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर रु ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भयो । कारोबार भएका कुल ११ मध्ये दुई उपसमूहको शेयरमात्र उकालो लागेको छ । निर्जीवन बीमा ३.४९ र सामूहिक लगानी कोषका शेयर ०.११ अङ्कले बढेको छ । त्यस्तै बैंकिङ २.८३, होटल ३.८६, विकास बैंक ३.४४, जलविद्युत् १.८२, वित्त ३.५२, उत्पादन १६.०९, अन्य २.१९, लघुवित्त २७.०२, जीवन बीमा २१.८४ अङ्कले ओरालो लागेको छ । स्टकका अनुसार नेपाल बैंक लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु दुई करोड ६९ लाख ७८ हजार ४० मा खरिदबिक्री भयो । त्यस्तै कृषि विकास बैंकको रु एक करोड ४३ लाख ८२ हजार २४५, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु एक करोड ७१ लाख २१ हजार १६२, छिमेकी लघुवित्त विकास बैंकको शयेर रु एक करोड ६९ लाख २८५ मा कारोबार भए । घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.०४ प्रतिशतले कमाए । त्यस्तै रिलायन्स फाइनान्स ३.३३, एनएमबी हाइब्रिड फण्ड–१ २.३७, युनिभर्सल पावर कम्पनी २.३३ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १.९९ प्रतिशतले कमाए । स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले गुमाए । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.५६, गुराँस लघुवित्त वित्तीय संस्था ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ८.१० र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.१० प्रतिशतले गुमाए । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video