बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर  |  न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने  |  करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल  |  चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते  |  नेकपा नेतामाथि चन्द समूहको आक्रमण  |  कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने  |  डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता  |  त्रिवि जनप्रशासन विभागमा तालाबन्दी  |  भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने  |  सामाजिक अभियन्ता तथा राजनीतिज्ञ निलकण्ठ पौडेलले “ग्लोबल सिटिजन्स” अन्तराष्ट्रिय पुरस्कार पाए
समाज
Aug 05, 2019
बागलुङलाई ‘सडक मानवरहित’ बनाइने
बागलुङ, साउन २० बागलुङलाई सहयोगापेक्षी सडक मानवरहित बनाउन अभियान शुरु भएको छ । मानवसेवा आश्रमसहित स्थानीय तह, प्रशासन, सामाजिक सङ्घसंस्थालगायतले अभियानमा हातेमालो गरेका छन् । जीवन निर्वाहका लागि सडकमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गरिने मानवसेवा आश्रम बागलुङका संयोजक सुमिरा लामाले बताउनुभयो । “आउँदो वर्षभित्र बागलुङलाई सडक मानवरहित बनाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “बेसहारा बनी सडकमा पुगेका व्यक्तिको उद्धार र पुनःस्थापनामा केन्द्रित छौँ ।” अभियानअन्तर्गत शुक्रबार बागलुङ कालिका भगवती मन्दिर परिसरको सडक किनारमा मागेर जीवन गुजारीरहेका तीन जनालाई उद्धार गरिएको थियो । जसमध्ये एक जना मनोरोगी भएको जनाइएको छ । आश्रमले मनोरोग, अपाङ्गता, गरीबीजस्ता कारणले सहाराविहीन बनेकालाई संरक्षण दिँदै आएको छ । विद्यालय उमेरका बालबालिकादेखि ज्येष्ठ नागरिक गरी २६ जना यसअघिदेखि नै आश्रममा छन् । उद्धारका लागि आश्रमले प्रहरी प्रशासनको सहयोग लिने गरेको छ । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम खोलिएको अभियन्ता मनिष रायमाझीले बताउनुभयो । बागलुङलाई सडक मानवरहित बनाउन सबै क्षेत्रको सहयोग चाहिने उहाँको भनाइ छ । रायमाझीसहितका अभियन्ताको पहलमा तीन वर्षअघि चार जना सडक बालबालिकालाई उद्धार गरी पोखरास्थित बालगृहमा पठाइएको थियो । अहिले पनि मागेर खाने, सडक पेटीमै सुत्ने बालबालिका देखिएकाले उनीहरुको उद्धार प्रयास भइरहेको आश्रमले जनाएको छ । अनियन्त्रित रुपमा मदिरा सेवन गरी सडकमै रात बिताउने मजदूरलाई समेत केही समयअघि आश्रमले उद्धार गरेको थियो । उपचार र मनोसामाजिक परामर्शपछि उनीहरुले आश्रम छोडेका थिए । मनोरोगीलाई आश्रममै उपचारको समेत व्यवस्था छ । अशक्त र बेसहारालाई संरक्षण दिन मानवसेवा आश्रम तयार भएपछि मन्दिरबाट सहयोगापेक्षीको उद्धार गरिएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । “अब कसैलाई पनि मन्दिरमा बसेर माग्न दिन्नौँ”, उहाँले भन्नुभयो, ‘साँच्चिकै दुःख पाएको, बेसहारा नै भए आश्रमले संरक्षण दिन्छ ।” प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बागलुङलाई सडक मानवरहित बनाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो । आश्रममा आवाससँगै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि उपलब्ध गराइएको छ । आश्रम सञ्चालनको लागि देश विदेशमा रहेका नेपालीले स्वतःस्फूर्त रुपमा आर्थिक सहायता प्रदान गरेका छन् । यस्तै सरकारी, गैरसरकारी सङ्घसंस्था, निकायले पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । बागलुङ नगरपालिकाले गत आवमा पूर्वाधार निर्माणका लागि रु पाँच लाख बजेट उपलब्ध गराएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video