आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२० शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
अर्थतन्त्र/सेयरबजार
Aug 04, 2019
आपत्कालीन कोषले आयआर्जनमा टेवा पु¥याउँदै
–राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर,  साउन १९
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन । ऋण लिनका लागि सिफारिश र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला बिनाझन्झट ऋण पाइने गरेको छ । गाउँमै गठन गरिएको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि उहाँले सहजरूपमा ऋण पाउन थाल्नुभएको छ । न्यून ब्याजमा सहजरूपमा ऋण पाइन थालेपछि समितिमा आबद्ध सदस्यले आयआर्जनका कार्यक्रम सञ्चालन गर्न थालेका छन् । समितिमा ६२ जना नदीको उच्च जोखिममा रहेका परिवार आबद्ध छन् । आबद्ध सदस्यको समितिमा रु पाँच लाख बचत रहेको छ । नदीको बगर संरक्षण गरी समितिमा आबद्ध २७ सदस्यले नौ बिघामा उखुखेती गरेका छन् । मल र बीउ खरीदका लागि सबैले समितिबाट रु ३० हजारदेखि रु ५० हजार आवश्यकताका आधारमा ऋण लिएका छन् । गत वर्ष समितिमा आबद्ध सदस्यले चार बिघा जग्गामा उखुखेती गरी एक हजार क्विन्टल उखु उत्पादन गरेका थिए । जुन रु पाँच लाख ५५ हजारमा बिक्री भएको थियो । बिक्रीको १० प्रतिशत रकम समितिको आपत्कालीन कोषमा जम्मा गरी बाँकी रकम समितिका सदस्यले आम्दानीका रुपमा राखेको समितिमा आबद्ध भङ्गी रानाले बताउनुभयो । खेर गएको बगर संरक्षण गरी प्रतिवर्ष समितिमा आबद्ध सदस्यले उखुखेती गरी रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । दोदा र वनहरा नदीले जग्गा कटान गरी बगाउँदै आएको थियो जगतबहादुर रानाले भन्नुभयो, “बालुवानै बालुवाले भरिएको बगरमा घाँस रोपेर संरक्षण ग¥यौँ । त्यसपछि बगरमा नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको सहयोगमा समिति गठन गरी उखु रोपेपछि आम्दानी हुन थालेको छ । आम्दानीसँगै नदीले जग्गा कटान गर्न छाडेपछि सुरक्षित तरिकाले बस्न सकेका छौँ ।” नदीले जग्गा कटान गरेपछि नौ वर्षअघि विस्थापनमा परेका १७ परिवार बाढीपीडित बगर संरक्षण भई नदीको जोखिम कम भएपछि पुनः पुरानै ठाउँमा फर्केर उखुखेतीमा संलग्न भएका छन् । उखु रोप्ने, हेरचाह गर्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने र मिलमा लगेर बिक्री गर्ने कार्यसमितिका सदस्यले पालो मिलाएर गर्दै आएका छन् । जसबाट समय, श्रमको बचत भई सामूहिक कार्य गर्ने बानीले समाजमा मिलेर कार्य गर्ने हौसलासमेत थपिन थालेको स्थानीयवासीको भनाइ छ । सुत्केरी हुने महिलालाई यातायात खर्च समितिमा आबद्ध सदस्यका महिला गर्भवती भई प्रसूतिका लागि अस्पताल लैजानका लागि रु पाँच हजार बिनाब्याज रकम उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । आपत्कालीन रुपमा जुनसुकै बेला पनि सुत्केरी हुने महिलालाई रकम उपलब्ध गराउने व्यवस्था मिलाएको समितिका सचिवसमेत रहनुभएका मङ्गलप्रसाद चौधरीले बताउनुभयो । यस वर्ष पाँच सुत्केरी हुने महिलालाई सो रकम प्रदान गरिएको छ । यसैगरी, वैदेशिक रोजगारीमा जाने युवालाई समेत रु ५० हजारसम्म कोषबाट ऋणका रुपमा रकम उपलब्ध गराइँदै आएको रामआश्रय रानाले बताउनुभयो । हालसम्म २५ बढी युवाले कोषबाट रकम लिएर वैदेशिक रोजगारीमा गएका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video