आज मिति २०७६ कार्तिक २९ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२० शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)  |  मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक  |  प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
समाज
Aug 04, 2019
पर्यावरणमैत्री निर्माणमा जोड
जनकपुरधाम, साउन १९ प्राविधिकहरूले कुनै पनि निर्माणकार्यको नक्सा बनाउँदा पर्यावरणीय सन्तुलनमैत्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । इञ्जिनीयरिङ कन्सल्टेन्सी एशोसिएसन प्रवेश नं २ को प्रथम अधिवेशनका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले सो धारणा व्यक्त गर्दै पर्यावरणीय असन्तुलनका कारण प्राकृतिक स्रोत सुक्दै गएको तर्फ ध्यानाकर्षण गराउनुभयो । कङ्क्रिट निर्माणकार्यले वातावरणीय समस्यामा वृद्धि भएको तर्फ ध्यान नगएका कारण मानव विभिन्न रोगबाट सङ्क्रित हुँदै गएको प्रसङ्ग उहाँहरूले उल्लेख गर्नुभयो । उहाँहरूले जनकपुरधामलगायत प्रदेशका विभिन्न स्थानका कलमा पानी आउन बन्द भइसकेको, इनारका पानी सुक्दै गएको चर्चा गर्दै जनकपुरधाममा ५०० फिटमा भएका कलहरूमा पानी नआउने क्रम बढदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । पहिला नाला कच्ची हुन्थ्यो, पानीलाई रिचार्ज हुन पनि सजिलो हुन्थ्यो, तर अहिले कङ्क्रिट निर्माणकार्यको बाहुल्यताले वातावरणीय जटिलता बढाउँदै गएको उहाँहरूले बताउनुभयो । ठूलो घर निर्माण गर्ने तर वातावरणमैत्री संरचना निर्माणतर्फ ध्यान नदिइएका कारण प्राविधिकको दक्षतासमेतमा प्रश्नचिह्न लाग्ने गरेको प्रसङ्ग उहाँहरूले उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य एवं स्वच्छता अभियन्ता रामअशीष यादवले अभियन्ताको परिकल्पना दूरगामी हुनुपर्ने बताउनुभयो । दूरगामी परिकल्पनाको अभावका कारण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका आजभोलि बाढी, डुबान, कटानका मार छन् भन्दै उहाँले मापदण्डमा नै पर्यावरणीय सन्तुलनमुखी बनाउनु जरूरी छ भन्नुभयो । एशोसिएसनका संयोजक हेमशङ्कर अरगरियाको अध्यक्षतामा भएको सो समारोहमा इञ्जिनीयर सञ्जय साह, दिलीपकुमार श्रीवास्तव र लालबाबु साहलगायतका वक्ताले कतिपय स्थानीय तहमा कार्यरत कर्मचारीले नै नक्सा बनाउँदा स्वीकृत गरिने प्रवृत्ति बढ्दै जानु दुखद् हो भन्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video